जनमत पार्टी पर्साको जिल्ला समन्वय समिति बैठक सम्पन्न

जनमत पार्टी पर्साको जिल्ला समन्वय समिति बैठक सम्पन्न
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ७, आईतवार १८:१७
जनमत पार्टी पर्साको जिल्ला समन्वय समिति बैठक सम्पन्न

वीरगन्ज : जनमत पार्टी पर्साको जिल्ला समन्वय समिति बैठक वीरगन्जस्थित माइस्थान अतिथि सदनमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै वडामा संगठन विस्तार तथा वडा अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।

बैठकले पर्साका सबै वडाको अधिवेशन सम्पन्न गर्ने उद्देश्यले प्रत्येक वडामा पर्यवेक्षक खटाउने निर्णय गरेको छ। खटाइएका पर्यवेक्षकले सम्बन्धित वडामा संगठनात्मक गतिविधि, अधिवेशनको तयारी तथा आवश्यक समन्वय गर्ने जनाइएको छ।

ADVERTISEMENT

बैठकमा पार्टी संगठनलाई वडा तहसम्म थप सुदृढ बनाउँदै जनताका समस्या तथा स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयमा समेत छलफल भएको थियो। निर्धारित कार्ययोजनाअनुसार वडा अधिवेशन सम्पन्न गरी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ।

बैठकमा पार्टीका राजनीतिक समिति सदस्य सिपु तिवारी, केन्द्रीय सदस्यहरू अधिवक्ता हरिहर प्रसाद साह, श्यामशंकर चौरसिया, राजेश चौरसिया, सुजित चौरसिया र बबिता पिडासैनी तथा प्रदेश सदस्यहरू मोहम्मद अब्दुल हवारी र राजनारायण मिश्रको सहभागिता थियो।

त्यसैगरी जिल्ला पदाधिकारीहरू नागेन्द्र गुप्ता, फुलेना कुशवाहा, राजुराज गिरी, सत्युग साह र जमिला खातुन, युवा जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अन्जना गुप्तासहित विभिन्न पालिका अध्यक्ष, जिम्मेवार नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार १८:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !