सबैलाबाटै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था मिलाउन बीपी साहको माग

सबैलाबाटै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था मिलाउन बीपी साहको माग
बृषेशकुमार शर्मा बृषेशकुमार शर्मा २०८३ श्रावण २६, मंगलवार १६:३५
सबैलाबाटै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था मिलाउन बीपी साहको माग

सबैला (धनुषा) : धनुषाको सबैला नगरपालिकाका मेयर पदका प्रत्यासी बीपी साहले सबैला नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था मिलाउन माग गरेका छन्।

सबैला नगरपालिकाका मेयर कारिराम यादबलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै नेता साहले यथासिघ्र व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

ADVERTISEMENT

नेपाल सरकारले विभिन्न सार्वजनिक तथा प्रशासनिक कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै सर्वसाधारणले ठूलो सास्ती व्यहोर्नुपरेको ज्ञापनपत्रमा उल्लेख छ। हाल जिल्ला प्रशासन कार्यालय धनुषाबाट मात्र परिचयपत्र वितरण हुँदा सबैलाका बासिन्दालाई जनकपुरसम्म धाउनुपर्ने बाध्यता रहेको छ।

सामान्यतया केही मिनेटमै तयार हुने परिचयपत्रका लागि सर्वसाधारणले हप्तौँ दिनसम्म जनकपुर आउजाउ गर्दा समय र आर्थिक दुवै हिसाबले ठूलो कष्ट व्यहोर्नुपरेको बीपी साहको भनाई छ।

प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार १६:३५
बृषेशकुमार शर्मा

बृषेशकुमार शर्मा

लेखक


तपाईको प्रतिक्रिया !