धनुषाधाममा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालक गम्भीर घाइते

धनुषाधाममा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालक गम्भीर घाइते
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २६, मंगलवार ०८:३८
धनुषाधाममा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालक गम्भीर घाइते

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा बालुवा बोकेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।

मंगलबार बिहान करिब ६ः४० बजे धारापानीबाट धनुषाधामतर्फ आउँदै गरेको ना.३ ख ८८६३ नम्बरको बालुवा लोड गरिएको टिपरले विपरीत दिशाबाट जाँदै गरेको मधेस प्रदेश ०२–००७ प ३०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकल चालक धनुषाको मिथिला बिहारी नगरपालिका–२ कुटी टोलका करिब ४० वर्षीय ईश्वरदेव राउत घाइते भएका छन्। उनको टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

राउतको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी नायब निरीक्षक बैद्यनाथ यादवको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले टिपर र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

टिपर चालक सर्लाहीको हरिपूर्वा नगरपालिका–९ का करिब ३१ वर्षीय सुरेश मण्डल खत्वेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार ०८:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !