एलपी ग्यास नपाए निगममा गुनासो गर्न आग्रह

एलपी ग्यास नपाए निगममा गुनासो गर्न आग्रह
राधेश्याम राउत राधेश्याम राउत २०८३ श्रावण १९, मंगलवार २०:२१
एलपी ग्यास नपाए निगममा गुनासो गर्न आग्रह

जनकपुरधाम : नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाए वा कृत्रिम अभाव सिर्जना भएको जानकारी प्राप्त भए कार्यालय समयभित्र ०१–५९७१९०२ नम्बरमा सम्पर्क गर्न उपभोक्तासँग आग्रह गरेको छ।

निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न उपभोक्ताबाट प्राप्त गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरिने जनाएको छ। साथै, कृत्रिम अभाव वा कालोबजारी गर्ने व्यक्ति वा संस्थाबारे जानकारी भए तत्काल निगमलाई सूचित गर्न अनुरोध गरिएको छ।

ADVERTISEMENT

प्रकाशित मिति: २०८३ श्रावण १९, मंगलवार २०:२१
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !