जनार्दन, सीके र उपेन्द्रसहित शीर्ष नेताबीच गोप्य राजनीतिक छलफल

जनार्दन, सीके र उपेन्द्रसहित शीर्ष नेताबीच गोप्य राजनीतिक छलफल
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १८, सोमबार १८:२१
जनार्दन, सीके र उपेन्द्रसहित शीर्ष नेताबीच गोप्य राजनीतिक छलफल

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सोमबार ललितपुरमा छलफलमा जुटेका छन्।

छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका वरिष्ठ नेता जितेन्द्र सोनललगायत अन्य नेताहरू पनि सहभागी रहेका छन्।

ADVERTISEMENT

बैठकमा कुन विषयमा छलफल भइरहेको भन्नेबारे सहभागी पक्षले औपचारिक रूपमा खुलाएका छैनन्। यद्यपि पछिल्ला राजनीतिक घटनाक्रम, दलहरूबीचको सम्भावित सहकार्य तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा विचार–विमर्श भइरहेको अनुमान गरिएको छ।

प्रलोपाका संरक्षक जनार्दन शर्माले छलफल जारी रहेको पुष्टि गर्दै अहिले नै कुनै निष्कर्षमा नपुगेको बताए।

‘हामी अहिले छलफलकै चरणमा छौं। केही निचोडमा पुगेपछि त्यसबारे जानकारी गराउँछौं,’ शर्माले संक्षिप्त प्रतिक्रिया दिए।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि बैठक जारी रहेको जानकारी दिँदै हालसम्म कुनै औपचारिक निर्णय नभएको बताए। उनले छलफलको निष्कर्ष सार्वजनिक भएपछि मात्रै विस्तृत जानकारी दिने उल्लेख गरे।

बैठकलाई समकालीन राजनीतिक समीकरण, विपक्षी दलहरूबीचको संवाद तथा आगामी रणनीतिका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको भए पनि सहभागी नेताहरूले हालसम्म छलफलको एजेन्डा सार्वजनिक गरेका छैनन्।

प्रकाशित मिति: २०८३ श्रावण १८, सोमबार १८:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !