सिरहामा सर्पको टोकाइबाट ९ वर्षीय बालकको मृत्यु, गाउँ शोकमा

सिरहामा सर्पको टोकाइबाट ९ वर्षीय बालकको मृत्यु, गाउँ शोकमा
राधेश्याम राउत राधेश्याम राउत २०८३ श्रावण १७, आईतवार ०९:३९
सिरहामा सर्पको टोकाइबाट ९ वर्षीय बालकको मृत्यु, गाउँ शोकमा

जनकपुरधामः सिरहाको औरही गाउँपालिका–२ निवासी वंशराज यादवका ९ वर्षीय छोरा आदर्श यादवको सर्पको टोकाइबाट उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार घरमै सर्पले टोकेपछि उनलाई उपचारका लागि चोहर्वा सेना ब्यारेक लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि कर्जन्हा पठाइए पनि मंगलबार साँझ उनको निधन भएको बताइएको छ।

ADVERTISEMENT

शव घर ल्याइएपछि गाउँ शोकमा डुबेको छ। बालकलाई टोकेको सर्पलाई स्थानीयले समातेर बाल्टिनमा राखेका छन्। घटनापछि केही स्थानीयले सर्पप्रति आक्रोश व्यक्त गरे पनि उपस्थित अन्य व्यक्तिहरूले सर्पलाई मार्न नदिएको जनाइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १७, आईतवार ०९:३९
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !