जनकपुरधाम सुनसान : कर्फ्यु उल्लंघन गर्नेलाई उठबस, चौक–चौकमा सेना र प्रहरी तैनाथ

जनकपुरधाम सुनसान : कर्फ्यु उल्लंघन गर्नेलाई उठबस, चौक–चौकमा सेना र प्रहरी तैनाथ
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ श्रावण १५, शुक्रबार १५:०३
जनकपुरधाम सुनसान : कर्फ्यु उल्लंघन गर्नेलाई उठबस, चौक–चौकमा सेना र प्रहरी तैनाथ

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेश लागू भएसँगै जनकपुरधाम शुक्रबार पूर्ण रूपमा सुनसान बनेको छ। मुख्य सडकदेखि भित्री गल्लीसम्म सवारीसाधन र सर्वसाधारणको आवागमन ठप्प भएको छ भने बजार, व्यापारिक प्रतिष्ठान र सार्वजनिक गतिविधि बन्दजस्तै देखिएका छन्।

सहरका प्रमुख चोक–चोकमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी संयुक्त रूपमा परिचालन गरिएका छन्। सुरक्षा निकायले कर्फ्युको कडाइका साथ कार्यान्वयन गरिरहेको छ। कर्फ्यु आदेशको उल्लंघन गर्दै सडकमा निस्किएका केही सर्वसाधारणलाई प्रहरीले कान समातेर उठबस गराउँदै सम्झाइबुझाइ गरी घर फर्काएको जनकपुरधाममा अध्ययनरत विद्यार्थी सन्तु यादवले बताएका छन्।

ADVERTISEMENT

सुनसरीको देवानगञ्ज र मधेशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनापछि उत्पन्न तनाव तथा सम्भावित अप्रिय अवस्था नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले जनकपुरधामका संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो। प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार १५:०३
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !