राजविराजमा भीषण आगलागी : घर, गोठ र चौपायासहित १५ लाखभन्दा बढीको क्षति

राजविराजमा भीषण आगलागी : घर, गोठ र चौपायासहित १५ लाखभन्दा बढीको क्षति
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १४, बिहीबार १२:१७
राजविराजमा भीषण आगलागी : घर, गोठ र चौपायासहित १५ लाखभन्दा बढीको क्षति

चन्दन रजक, सप्तरी : सप्तरीको राजविराज नगरपालिका–१२ स्थित दमावती टोलमा बिहीबार बिहान भएको आगलागीबाट एक घर र गोठ पूर्ण रूपमा जलेर नष्ट हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय कैलु मण्डलको घरबाट सुरु भएको आगलागीले घरसँगै रहेको गोठलाई समेत पूर्ण रूपमा क्षति पुर्‍याएको हो। आगलागीमा चार वटा गाई जलेर मरेका छन् भने दुई वटा गोरु घाइते भएका छन्।

ADVERTISEMENT

पीडितका अनुसार आगलागीका कारण घरभित्र रहेको नगद, गरगहना, खाद्यान्न, लत्ताकपडा, फर्निचर, भाँडाकुँडालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएको अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार राति करिब २ बजेतिर सुरु भएको आगो अस्थायी प्रहरी बिट तेतरेरगाछीका प्रहरी र स्थानीयवासीको सक्रिय प्रयासपछि करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो।

प्रहरीले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार घटनाबाट १५ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १२:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !