स्रोत नखुलेको ५ लाख रुपैयाँसहित सर्लाहीबाट युवक पक्राउ

स्रोत नखुलेको ५ लाख रुपैयाँसहित सर्लाहीबाट युवक पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ९, शनिबार ०७:५१
स्रोत नखुलेको ५ लाख रुपैयाँसहित सर्लाहीबाट युवक पक्राउ

सर्लाही : स्रोत नखुलेको ५ लाख रुपैयाँसहित प्रहरीले सर्लाहीबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का ३६ वर्षीय बिकाउ महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार भारतको सोनवर्षाबाट बीआर ३० एच १९६९ नम्बरको भारतीय मोटरसाइकलमा मलंगवातर्फ आउँदै गरेका महतोलाई प्रहरीले पक्राउ गरेको हो।

ADVERTISEMENT

प्रहरीले उनको साथबाट स्रोत नखुलेको ५ लाख रुपैयाँ बरामद गरेको जनाएको छ। बरामद रकम हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ९, शनिबार ०७:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !