धनुषामा खैरो हेरोइन र तीन राउन्ड गोलीसहित २० वर्षीय युवक पक्राउ

धनुषामा खैरो हेरोइन र तीन राउन्ड गोलीसहित २० वर्षीय युवक पक्राउ
राघव मण्डल राघव मण्डल २०८३ श्रावण २, शनिबार १७:४५
धनुषामा खैरो हेरोइन र तीन राउन्ड गोलीसहित २० वर्षीय युवक पक्राउ

जनकपुरधाम : धनुषामा खैरो हेरोइन र सर्टगनको तीन राउन्ड गोलीसहित शनिबार प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–३, श्रीरामपुरका २० वर्षीय मुकेश दास छन् ।

विशेष सूचनाका आधारमा प्रहरी टोलीले मुकेशको घरमा खानतलासी गरेको थियो । त्यसक्रममा लुकाइछिपाइ राखिएको सर्टगनको तीन राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

उनले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट ०.११० मिलिग्राम खैरो हेरोइन समेत बरामद गरिएको छ । लागुऔषध र गोलीसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार १७:४५
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेक्स संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !