राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन, अवस्था तनावग्रस्त

राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन, अवस्था तनावग्रस्त
राघव मण्डल राघव मण्डल २०८३ श्रावण २, शनिबार १३:३७
राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन, अवस्था तनावग्रस्त

जनकपुरधाम : सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरूले लगातार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्। चौकीदार नियुक्तिको नाममा आर्थिक अनियमितता तथा घुस असुलिएको आरोप लगाउँदै उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न समेत माग गरेका छन्।

आन्दोलन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो। त्यसक्रममा केही कैदीबन्दीले विरोधस्वरूप शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। सुरक्षाकर्मीको सक्रियताले ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।

ADVERTISEMENT

घटनापछि कारागार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाका अनुसार सम्बन्धित पक्षबीच छलफल र समझदारीको प्रयासपछि कारागारभित्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ।

प्रमुख जिल्ला अधिकारी थापाले घटनासम्बन्धी सबै पक्षको अनुसन्धान भइरहेको र उठाइएका आरोपबारे आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए।

प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार १३:३७
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेक्स संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !