सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८३ असार ३०, मंगलवार ०७:५६
सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ : संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो ।

शिक्षा समिति बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

ADVERTISEMENT

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा। गोपाल कुमार चौधरीलाई आमन्त्रण गरिएको छ ।

यस्तै, अर्थ समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल बीमा प्राधिकरणसँग आर्थिक वर्ष २०८२–०८३ मा नेपाल बीमा प्राधिकरणबाट भए–गरेका मुख्य मुख्य कामकारबाही सम्बन्धमा, बीमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीहरुका सम्बन्धमा, बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरु, नेपाल सरकारको स्वामित्वमा रहेका बीमा संस्थान वा कम्पनीको तीन वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनको लागि बीमा प्राधिकरणको पहलकदमीलगायत विषयमा जानकारी लिने कार्यसूची छ ।

यसैगरी, सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय राहदानी छपाई सम्बन्धमा छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मन्त्रालयका सचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव/प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति: २०८३ असार ३०, मंगलवार ०७:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !