शहिदनगर नगरपालिकाको साक्षर घोषणाको आधार सार्वजनिक गर्न युवा नेता यादवको माग

शहिदनगर नगरपालिकाको साक्षर घोषणाको आधार सार्वजनिक गर्न युवा नेता यादवको माग
मधेशपत्र मधेशपत्र २०८३ असार २५, बिहीबार २२:४७
शहिदनगर नगरपालिकाको साक्षर घोषणाको आधार सार्वजनिक गर्न युवा नेता यादवको माग

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाले गरेको साक्षर पालिका घोषणामाथि युवा नेता बिरेन्द्र यादवले प्रश्न उठाएका छन् । उनले साक्षर पालिका घोषणाको आधार, तथ्यांक र प्रक्रिया सार्वजनिक गर्न माग गरेका हुन् ।

युवा नेता यादवले नगर प्रमुखसहित नगरपालिकाले गरेको साक्षर पालिका घोषणालाई लिएर पारदर्शिता र विधिसम्मत प्रक्रियाबारे गम्भीर चासो व्यक्त गरेका छन् । यदि उक्त घोषणा निर्धारित विधि, मापदण्ड, सर्वेक्षण र आधिकारिक तथ्यांकका आधारमा गरिएको हो भने नगरपालिकाभित्र रहेका साक्षर नागरिकहरूको विवरण तथा घोषणासँग सम्बन्धित सम्पूर्ण तथ्य सार्वजनिक गर्न उनले माग गरेका हुन् ।

ADVERTISEMENT

विधि, मापदण्ड र पद्धतिलाई बेवास्ता गर्दै कुनै पनि स्थानीय तहलाई केवल कागजी प्रक्रियाका आधारमा साक्षर घोषणा गर्ने अधिकार छैन, यादवले भने यस्ता घोषणाले वास्तविक साक्षरता अभियानको उद्देश्य कमजोर पार्नुका साथै जनतामा भ्रम सिर्जना गर्छन् ।’

प्रकाशित मिति: २०८३ असार २५, बिहीबार २२:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !