चेक अनादर मुद्दामा सेफ सन्तोष साह पक्राउ

चेक अनादर मुद्दामा सेफ सन्तोष साह पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ३०, शनिबार ११:३१
चेक अनादर मुद्दामा सेफ सन्तोष साह पक्राउ

जनकपुरधाम : चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई जनकपुरधामबाट पक्राउ गरेको हो।

कार्यालयका अनुसार साहलाई गएराति पक्राउ गरिएको हो। उनीमाथि काठमाडौंको गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा दिएको चेक बाउन्स (अनादर) भएको सम्बन्धमा ठगी कसुरमा अनुसन्धान भइरहेको छ।

ADVERTISEMENT

उक्त प्रकरणमा साहसँगै नारायण साहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ जेष्ठ ३०, शनिबार ११:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !