फेसबुक र मेसेन्जरमा समस्या, प्रयोगकर्ता प्रभावित

फेसबुक र मेसेन्जरमा समस्या, प्रयोगकर्ता प्रभावित
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ २९, शुक्रबार २०:३०
फेसबुक र मेसेन्जरमा समस्या, प्रयोगकर्ता प्रभावित

काठमाडौं : सामाजिक सञ्जाल फेसबुक र यसको म्यासेजिङ सेवा मेसेन्जरमा शुक्रबार साँझदेखि समस्या देखिएको छ ।

नेपालसहित विभिन्न देशका प्रयोगकर्ताले फेसबुक एप नखुल्ने, मेसेन्जर आफैँ लगआउट हुने तथा सन्देश आदानप्रदानमा कठिनाइ भइरहेको गुनासो सामाजिक सञ्जालमा गरिरहेका छन् ।

ADVERTISEMENT

नेपाली प्रयोगकर्ताले पनि फेसबुक प्रयोग गर्न समस्या भइरहेको बताएका छन् । कतिपय प्रयोगकर्ताको मेसेन्जर अकस्मात् लगआउट भएको छ भने फेसबुक एप र फिड लोड हुन नसकेको अनुभव गरेका छन् ।

समस्याको वास्तविक कारणबारे कम्पनीले तत्काल विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन । यद्यपि, विगतमा पनि प्राविधिक गडबडीका कारण मेटाका विभिन्न सेवामा यस्ता समस्या देखिँदै आएका छन् ।

यसबीच, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आफूहरू मात्र समस्यामा परेका हुन् कि विश्वव्यापी रूपमा सेवा प्रभावित भएको हो भन्ने जिज्ञासा एक्समा गुनासो गरिरहेका छन् ।

प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार २०:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !