औरही गाउँपालिकामा रास्वपा सभापतिमा सन्तोष यादव चयन

औरही गाउँपालिकामा रास्वपा सभापतिमा सन्तोष यादव चयन
बिपीनकुमार यादव बिपीनकुमार यादव २०८३ जेष्ठ १०, आईतवार १७:४३
औरही गाउँपालिकामा रास्वपा सभापतिमा सन्तोष यादव चयन

जनकपुरधाम : सिरहाको औरही गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गाउँपालिका सभापतिमा सन्तोष यादव चयन भएका छन् ।

लामो समय पत्रकारितामा सक्रिय रहेका यादव अब राजनीतिक यात्रामा सक्रिय बनेका छन् ।पत्रकारितामार्फत समाजका विभिन्न मुद्दा उठाउँदै आएका उनले अब रास्वपाको नेतृत्वमार्फत स्थानीय स्तरमा संगठन विस्तार र जनसरोकारका विषयमा काम गर्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

उनको चयनसँगै स्थानीय तहमा रास्वपाको संगठनलाई थप मजबुत बनाउने चर्चा सुरु भएको छ । सन्तोष यादवको पत्रकारितादेखि राजनीतिक नेतृत्वसम्मको यात्रा अहिले धेरैको चासोको विषय बनेको छ ।

“पत्रकारिताबाट समाजको आवाज उठाए, अब राजनीतिमार्फत जनताको पक्षमा काम गर्ने प्रतिबद्धता” भन्ने प्रतिक्रिया समर्थकहरूले दिएका छन् ।

प्रकाशित मिति: २०८३ जेष्ठ १०, आईतवार १७:४३
बिपीनकुमार यादव

बिपीनकुमार यादव

लेखक


तपाईको प्रतिक्रिया !