ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ५, मंगलवार १८:५९
ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

विराटनगर : विराटनगरमा मंगलबार ग्यास बुलेटको ठक्करबाट दुई जना साइकल यात्रीको मृत्यु भएको छ।

कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका-१४ स्थित हनुमान मन्दिर अगाडि एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकल यात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा परी अन्दाजी ४० वर्षका युवक र १४ वर्षीया बालिकाको ज्यान गएको छ।

ADVERTISEMENT

​दुर्घटना लगत्तै गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि कोसी अस्पताल पुर्‍याइएको थियो। दुवै जनाको उपचारकै क्रममा उनीहरूको मृत्यु भएको मोरङका प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए। उनीहरूको पहिचान खुलेको छैन।

​घटना लगतै आक्रोसित स्थानीय बासिन्दाले ग्यास बुलेटमा तोडफोड गरेको प्रहरीले जनाएको छ। ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: २०८३ जेष्ठ ५, मंगलवार १८:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !