एसईईको नतिजा आजै सार्वजनिक हुने

एसईईको नतिजा आजै सार्वजनिक हुने
मधेशपत्र मधेशपत्र २०८३ बैशाख २८, सोमबार १८:२०
एसईईको नतिजा आजै सार्वजनिक हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिषद् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार आज सार्वजनिक गर्नका लागि अहिले बैठक बसिरहेको छ । ६-७ बजे भित्रमा एसईईको नतिजा सार्वजनिक गरिसक्ने बोर्डको जानकारी छ।

यस परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । सरकारले योपटक एक महिना नबित्दै नतिजा सार्वजनिक गर्न लागेको हो । शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रमा नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता यस अगाडि नै गरेका थिए ।

ADVERTISEMENT

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक पाँच लाख १२४२१ जना विद्यार्थीले फारम भरेका थिए जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले परीक्षा लेखेका थिए । यस्तै ग्रेड वृद्धितर्फ ७०,८५५ जनाले फारम भरेका थिए ।

आज नतिजा सार्वजनिक गर्नका लागि सम्पूर्ण तयारी भइसकेको र बोर्डको बैठक लगभग अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ।

प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार १८:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !