पूर्वराजा शाह पोखरामाः विमानस्थलमा भव्य स्वागत

पूर्वराजा शाह पोखरामाः विमानस्थलमा भव्य स्वागत
मधेशपत्र मधेशपत्र २०८३ बैशाख ११, शुक्रबार १२:२७
पूर्वराजा शाह पोखरामाः विमानस्थलमा भव्य स्वागत

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा आइपुगेका छन् ।

पूर्वराजा शाह आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा शुक्रबार पोखरा आइपगेका हन् । उनलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

स्वागतका लागि उपस्थित भएका समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै पूर्वराजाको पक्षमा जयजयकार समेत गरेका थिए । उनलाई पञ्चेबाजा र पुष्पगुच्छाले स्थानीयले भव्य स्वागत गरेका छन् ।

पूर्वराजा शाह पोखरा भ्रमणका क्रममा केही दिन यहाँका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उनको यस भ्रमणलाई विशुद्ध व्यक्तिगत भनिए पनि स्थानीय स्तरमा यसले निकै चर्चा पाएको छ । पोखराको पर्यटन र पछिल्लो राजनीतिक वातावरणका बिच पूर्वराजाको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति: २०८३ बैशाख ११, शुक्रबार १२:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !