उद्योग पुनर्जीवनको एजेन्डासहित वीरगंजमा सरार्फको घरदैलो

उद्योग पुनर्जीवनको एजेन्डासहित वीरगंजमा सरार्फको घरदैलो
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १४, बिहीबार २२:१८
उद्योग पुनर्जीवनको एजेन्डासहित वीरगंजमा सरार्फको घरदैलो

वीरगंज : पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका जनमत पार्टीका ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका वडा नं. १८ (सौराहा, इनर्वा) र वडा नं. २२ (मनियारी) क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

बिहीबार घरदैलो कार्यक्रममा सरार्फले मतदातासँग प्रत्यक्ष संवाद गर्दै विगतका वर्षहरूमा वीरगंजका उद्योग–धन्दा संकटमा परेको विषय उठाएका थिए। उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी निकट ट्रेड युनियनहरूको हस्तक्षेपका कारण उद्योगीहरू असुरक्षित महसुस गरेको दाबी गरे।

ADVERTISEMENT

“पछिल्ला वर्षमा उद्योगीमैत्री वातावरणको अभावका कारण वीरगंजको उद्योग–धन्दा चौपट भएको छ,” सरार्फले भने, “हामीले उद्योगीमैत्री वातावरण सिर्जना गरेर वीरगंजलाई पुनः सार्थक औद्योगिक नगरीका रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएका छौँ।”

उनले व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राख्ने योजना पनि प्रस्तुत गरेका छन्। उद्योग सञ्चालनमा देखिएका अवरोध हटाउँदै निजी क्षेत्रसँग सहकार्य गरेर लगानीमैत्री वातावरण बनाइने उनको भनाइ थियो।

घरदैलो कार्यक्रममा स्थानीय नागरिकहरूले सरार्फलाई समर्थन जनाउँदै उद्योग र रोजगारीसँग जोडिएका मुद्दामा ठोस पहलको अपेक्षा गरेका छन्।

सरार्फले चुनावी अभियानलाई तीव्र बनाउँदै वीरगंजका विभिन्न वडामा मतदातासँग निरन्तर भेटघाट गरिरहेका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन १४, बिहीबार २२:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !