धनुषा–२ मा अरगरियाको घरदैलो, नाथपट्टि र बिसरभोरामा भव्य स्वागत

धनुषा–२ मा अरगरियाको घरदैलो, नाथपट्टि र बिसरभोरामा भव्य स्वागत
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १४, बिहीबार ११:४०
धनुषा–२ मा अरगरियाको घरदैलो, नाथपट्टि र बिसरभोरामा भव्य स्वागत

जनकपुरधाम : प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा धनुषा निर्वाचन क्षेत्र नं.–२ मा चुनावी गतिविधि तीव्र बनेको छ। नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले बुधबार शहिदनगर नगरपालिका–८ अन्तर्गत नाथपट्टि र बिसरभोरामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा स्थानीय समर्थक र मतदाताले उनलाई अबीर, टीका तथा गम्छा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा सहभागीहरूले अरगरियाको पक्षमा नाराबाजीसमेत गरेका थिए।

ADVERTISEMENT

मतदातासँग प्रत्यक्ष संवाद गर्दै अरगरियाले विगतको एक संसदीय कार्यकालमा आफूले गरेका विकासका कामको मूल्याङ्कन गरेर मतदान गर्न आग्रह गरे। उनले भने, “१० वर्षअघिको धनुषा–२ र अहिलेको अवस्था तुलना गर्नुस्। सडक, विद्यालय, स्वास्थ्य संस्था, विवाह भवन तथा धार्मिक संरचनामा भएका सुधारहरू जनताले प्रत्यक्ष देख्न सक्नुहुन्छ।”

अरगरियाले आफू क्षेत्रका हरेक टोलको समस्या र सम्भावनाबारे जानकार उम्मेदवार भएको दाबी गरे। उनले राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि र समाजवाद उन्मुख विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए।

चुनावी समयमा मात्र मत माग्न आउने प्रवृत्तिको आलोचना गर्दै उनले निर्वाचित भएपछि पनि जनताको सुख–दुःखमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: २०८२ फाल्गुन १४, बिहीबार ११:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !