फूलबरियामा दर्जनौं युवा जनमतमा प्रवेश, डा. बिरेन्द्र महतोले गराए स्वागत

फूलबरियामा दर्जनौं युवा जनमतमा प्रवेश, डा. बिरेन्द्र महतोले गराए स्वागत
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १०, आईतवार १७:५२
फूलबरियामा दर्जनौं युवा जनमतमा प्रवेश, डा. बिरेन्द्र महतोले गराए स्वागत

सिरहा : सिरहाको मिर्चैया नगरपालिका–७ फूलबरिया बकरी बजारमा आयोजित कार्यक्रममार्फत विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं बौद्धिक युवा तथा समाजका अगुवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका नेता फूलगेन यादवको नेतृत्वमा उनीहरू पार्टी प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गराउने क्रममा जनमत पार्टी सिरहा–४ का उम्मेदवार डा. बिरेन्द्र प्रसाद महतोले नवप्रवेशीलाई अबिर लगाएर स्वागत गरेका थिए। कार्यक्रममा वडा नं. ६ र ७ का किसान, महिला, समाजसेवी तथा राजनीतिकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ADVERTISEMENT

स्थानीय मो. हबिबुलले डा. महतो इमान्दार र होनहार नेता भएकाले यसपटक जनताले उनलाई मत दिने विश्वास व्यक्त गरे। त्यस्तै किसान अगुवा महेन्द्र ठाकुरले यस क्षेत्रका किसानका समस्या, विशेषगरी खानेपानी र सिंचाइँको अभावप्रति ध्यानाकर्षण गराउँदै निर्वाचनपछि ती समस्या समाधान गर्न आग्रह गरे।

जनमत पार्टी नगर अध्यक्ष अंजय साहको पहलमा सम्पन्न कार्यक्रममा डा. महतोले आफ्नो राजनीति समाजसेवाप्रति समर्पित रहेको बताउँदै वडा नं. ६ र ७ को विकास निर्माणमा गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा पार्टीका वडा अध्यक्ष रामभरोष महरा लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ फाल्गुन १०, आईतवार १७:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !