महानगरको अनुभूति नपाएका ग्रामीण वडाका लागि विकास पहल गर्छु : उम्मेदवार सरार्फ

महानगरको अनुभूति नपाएका ग्रामीण वडाका लागि विकास पहल गर्छु : उम्मेदवार सरार्फ
मधेशपत्र मधेशपत्र २०८२ माघ २६, सोमबार १८:२३
महानगरको अनुभूति नपाएका ग्रामीण वडाका लागि विकास पहल गर्छु : उम्मेदवार सरार्फ

पर्सा : पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिकाका ग्रामीण वडाहरू अझै पनि आधारभूत विकासबाट वञ्चित रहेको बताएका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ टेढा र रामवनमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा सरार्फले महानगरको दर्जा पाइसके पनि ग्रामीण वडाका बासिन्दाले महानगरको अनुभूति गर्न नपाएको गुनासो गरे। उनले विगतका जनप्रतिनिधिले ग्रामीण क्षेत्रलाई विकासको नाममा ठगेको आरोपसमेत लगाए।

ADVERTISEMENT

‘महानगर बनेको वर्षौं भइसक्यो, तर ग्रामीण वडामा न सडक छ, न खानेपानी, न स्वास्थ्य र शिक्षाको पहुँच,’ सरार्फले भने, ‘यदि निर्वाचित भएँ भने यी वडाहरूको समग्र विकास र समृद्धिका लागि विशेष विकास प्याकेज ल्याइनेछ।’

उनले देश र मधेसको निकासका लागि स्पष्ट दृष्टिकोण जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै हर्न छापमा मतदान गर्न स्थानीय मतदातालाई आग्रह गरे।

कार्यक्रममा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू डा. मनोज कुमार, नजमा खातुन, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, नागेन्द्र गुप्ता, हाजारी साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८२ माघ २६, सोमबार १८:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !