माधव नेपालको “झुठा आश्वासनको राजनीत” विरुद्ध जनता विकल्प खोज्दै, राजेश चौधरी घरदैलोमा

माधव नेपालको “झुठा आश्वासनको राजनीत” विरुद्ध जनता विकल्प खोज्दै, राजेश चौधरी घरदैलोमा
अभिमनु पटेल अभिमनु पटेल २०८२ माघ २६, सोमबार १२:०९
माधव नेपालको “झुठा आश्वासनको राजनीत” विरुद्ध जनता विकल्प खोज्दै, राजेश चौधरी घरदैलोमा

रौतहट : चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाताको घर-आगमनमा पुगेर भेटघाट गर्दै आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्।

रौतहट क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेश चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। चौधरीले गाउँ-टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै विगतका प्रतिनिधिहरूले विकासका नाममा गरेको धोका र राजनीतिक बन्धक बनाउने प्रवृत्तिविरुद्ध जनताको चेतनालाई जागरुक बनाइरहेका छन्। उनका अनुसार वर्षौँदेखि माधव नेपाल जस्ता पुराना नेताहरूले भोट माग्ने बेला मीठा आश्वासन बाँड्ने, तर जितिसकेपछि जनतालाई बिर्सिने परम्पराले यो क्षेत्र विकासको मामिलामा पछि परेको छ।

ADVERTISEMENT

यो क्षेत्रलाई पटक-पटक राजनीतिक बन्धक बनाइयो, झुठा आश्वासन बाँडियो, तर आधुनिक युग अनुसारको दिगो विकास कहिल्यै भएन, चौधरीले घरदैलो क्रममा भने। उनले अब पुरानो अनुहार र असफल नेतृत्वलाई विस्थापित गरेर नयाँ सोच, नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने बेला आएको दाबी गरे।

फाल्गुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार चौधरीले मतदाताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्। जेनजी आन्दोलनपछि हुन लागेको यस निर्वाचनलाई युवाहरूको आशा र राजनीतिक परिवर्तनको निर्णायक अवसरका रूपमा लिइएको छ।

घरदैलो क्रममा युवापुस्तादेखि वृद्धसम्मको उल्लेखनीय सहभागिता देखिएको छ। स्थानीयहरूका अनुसार अब खोक्रा भाषण र पुराना वाचाबाट होइन, काम गरेर देखाउने नेतृत्व चाहिएको छ। यस पटकको चुनावले रौतहट- १ लाई पुरानो राजनीतिक जालझेलबाट मुक्त गराउने कि फेरि उही अनुहारलाई सुम्पिने भन्ने फैसला गर्ने जनाइएको छ।

प्रकाशित मिति: २०८२ माघ २६, सोमबार १२:०९
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !