धनुषा–२ मा घरदैलो तथा भेटघाट अभियानमा अरगरिया सक्रिय

धनुषा–२ मा घरदैलो तथा भेटघाट अभियानमा अरगरिया सक्रिय
मधेशपत्र मधेशपत्र २०८२ माघ २६, सोमबार ०९:२७
धनुषा–२ मा घरदैलो तथा भेटघाट अभियानमा अरगरिया सक्रिय

जनकपुरधाम : नेकपा एमाले धनुषा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार उमाशंकर अरगरियाले घरदैलो तथा भेटघाट अभियानलाई तीव्रता दिएका छन्।

अरगरियाले हंसपुर नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने भगवानपट्टि र ननुपट्टि गाउँमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन्।

ADVERTISEMENT

सुगा मधुकरही गाउँमा आयोजित भेटघाट कार्यक्रममा उनले स्थानीय बासिन्दासँग भलाकुसारी गर्दै जनतासँगको साथ, सहयोग र विश्वास नै आफ्नो प्रमुख शक्ति भएको बताएका छन्। स्थानीय समस्याबारे प्रत्यक्ष जानकारी लिँदै उनले विकासका आवश्यकता र जनचासोका विषयमा सुझाव संकलन गरेका थिए।

कार्यक्रमका क्रममा उम्मेदवार अरगरियाले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। यी विषयहरू आफ्ना चुनावी प्रतिबद्धतामा समावेश रहेको उल्लेख गर्दै निर्वाचित भएपछी कार्यान्वयनमा विशेष जोड दिने प्रतिबद्धता जनाए।

स्थानीयवासीहरूले क्षेत्रका सडकको अवस्था, सिँचाइ सुविधा अभाव तथा कृषि विकासका विषयमा ध्यानाकर्षण गराएका थिए। उनीहरूले दीर्घकालीन विकास योजना आवश्यक रहेको बताएका छन्।

घरदैलो तथा भेटघाट अभियानलाई निरन्तरता दिँदै उम्मेदवार अरगरियाले जनतासँग प्रत्यक्ष संवादमार्फत चुनावी अभियानलाई प्रभावकारी बनाइरहेको एमालेले जनाएको छ।

प्रकाशित मिति: २०८२ माघ २६, सोमबार ०९:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !