पूर्वराजा ज्ञानेन्द्र शाहले गरे जानकी मन्दिरमा दर्शन

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे जानकी मन्दिरमा दर्शन
मधेश पत्र मधेश पत्र २०८२ माघ १२, सोमबार १९:०५
पूर्वराजा ज्ञानेन्द्र शाहले गरे जानकी मन्दिरमा दर्शन

जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाहले जानकी मन्दिरमा दर्शन गरेका छन्। उनी आइतबार नै जनकपुरधाम पुगेका हुन्।

सोमबार साँझ करिब ४ बजे उनले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गरेका छन्। जानकी मन्दिरमा पूजाआजा सकेपछि उनी पैदल यात्रा गर्दै करिब पाँच सय मिटर टाढा रहेको राम मन्दिरमा पुगेका थिए, जहाँ उनले त्यहाँ पनि दर्शन गरे।

ADVERTISEMENT

राम मन्दिरपछि उनले नजिकै रहेको राजदेवी मन्दिरमा पनि दर्शन गर्ने कार्यक्रम रहेको छ। राजदेवी मन्दिरको दर्शनपछि साँझ गंगासागरमा आयोजना हुने गंगा आरतीमा सहभागी हुने उनको कार्यतालिका छ।

पूर्वराजा शाह जनकपुरधाम आइपुग्दा उनका समर्थकहरूले नारा लगाउँदै स्वागत गरेका थिए। जानकी मन्दिर वरपर उनलाई स्वागत गर्न ठूलो संख्यामा सर्वसाधारणको भीड लागेको थियो।

पूर्वराजा शाह जनकपुरधाम बसाइका क्रममा होटल यात्री निवासमा बस्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २०८२ माघ १२, सोमबार १९:०५
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !