पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन
मधेशपत्र मधेशपत्र २०८२ माघ १२, सोमबार १३:१३
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन

जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आइपुगेका छन्। उनी आइतबार साँझ सडक मार्ग हुँदै जनकपुरधाम आएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाको स्वागत मूल समारोह समितिका संयोजक श्रवणकुमार झाका अनुसार पूर्वराजा शाह आइतबार साँझ करिब ६:३० बजे जनकपुरधाम आइपुगेका हुन्। उनीसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पनि जनकपुरधाम आएकी छन्।

ADVERTISEMENT

पूर्वराजा शाह र पूर्वरानीले आज सोमबार दिउँसो ३ बजे जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको छ। पूजापाठपछि उनीहरू जनकपुरधाममै रात्री विश्राम गर्ने संयोजक झाले जानकारी दिए।

यसअघि केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा सहभागी हुन काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) र रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरू बसेको होटेलमा पूर्वराजा शाहका छोरा पारस शाह पनि बास बसेका थिए।

प्रकाशित मिति: २०८२ माघ १२, सोमबार १३:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !