धनुषा–२ मा नेकपा एमालेबाट उमाशंकर अरगरियाको उम्मेदवारी दर्ता

धनुषा–२ मा नेकपा एमालेबाट उमाशंकर अरगरियाको उम्मेदवारी दर्ता
मधेशपत्र मधेशपत्र २०८२ माघ ६, मंगलवार २२:१३
धनुषा–२ मा नेकपा एमालेबाट उमाशंकर अरगरियाको उम्मेदवारी दर्ता

जनकपुरधाम : नेकपा एमालेका नेता उमाशंकर अरगरियाले धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

विदेह नगरपालिकास्थित तिनकौरियामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका क्रममा उनका प्रस्तावक रामभजन दास र समर्थक रबिन्द्र अरगरिया रहेका छन्।

ADVERTISEMENT

अरगरिया २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १५७ मतको अन्तरले पराजित भएका थिए। यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट निर्वाचित भएका थिए।

पूर्व पर्यटनमन्त्रीसमेत रहेका अरगरिया यसपटक एमालेबाट पुनः प्रतिनिधिसभा प्रवेश गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।

प्रकाशित मिति: २०८२ माघ ६, मंगलवार २२:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !