धनुषा–२ मा जनमत पार्टीबाट डा. सुरेन्द्र यादवको मनोनयन दर्ता

धनुषा–२ मा जनमत पार्टीबाट डा. सुरेन्द्र यादवको मनोनयन दर्ता
मधेशपत्र मधेशपत्र २०८२ माघ ६, मंगलवार २०:५०
धनुषा–२ मा जनमत पार्टीबाट डा. सुरेन्द्र यादवको मनोनयन दर्ता

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीबाट डा. सुरेन्द्र प्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

डा. यादवले धनुषाको बिदेह नगरपालिका–६ तिनकौरीयास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। उनको उम्मेदवारीमा समर्थकका रूपमा बिरेन्द्र कुमार यादव र प्रस्तावकका रूपमा विजय कुमार यादव रहेका छन्।

ADVERTISEMENT

सहिदनगर नगरपालिका–२, मतौना निवासी डा. यादव नेपालकै पहिलो प्लास्टिक सर्जन चिकित्सक हुन्। चिकित्सा क्षेत्रमा लामो समयदेखि सेवा गर्दै आएका उनी सामाजिक सेवा तथा जनस्वास्थ्यका सवालमा सक्रिय रहँदै आएका छन्।

जनमत पार्टीले डा. यादवको उम्मेदवारीले धनुषा–२ मा नयाँ राजनीतिक विकल्प स्थापित गर्ने विश्वास व्यक्त गरेको छ। पार्टीका स्थानीय नेताहरूले योग्य, पेशागत र अनुभवी व्यक्तित्वलाई अघि सारेको दाबी गरेका छन्।

प्रकाशित मिति: २०८२ माघ ६, मंगलवार २०:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !