सप्तरी–२ बाट जनमतका अध्यक्ष डा.सीके राउतले दर्ता गरे उम्मेदवारी

सप्तरी–२ बाट जनमतका अध्यक्ष डा.सीके राउतले दर्ता गरे उम्मेदवारी
मधेशपत्र मधेशपत्र २०८२ माघ ६, मंगलवार २०:०३
सप्तरी–२ बाट जनमतका अध्यक्ष डा.सीके राउतले दर्ता गरे उम्मेदवारी

लराजविराज : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी कार्यालयबाट निकालिएको नेता-कार्यकर्ताको जुलुससहित राजविराज-७ सप्तरी जिल्ला खेलकुद विकास समितिको कार्यालयस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय आएर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

ADVERTISEMENT

राउतका प्रस्तावकमा रामगमन साह र समर्थकमा मधेश प्रदेशका अर्थ महेशप्रसाद यादव छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचन पनि यहीँ क्षेत्रबाट चुनाव लडेका उनले ३५ हजार ३२ मत ल्याएर निर्वाचित भएका थिए ।

यस क्षेत्रमा ५६ हजार ४ सय पुरुष, ४९ हजार ५ सय २० महिला र २ जना अन्य गरी कूल १ लाख ५ हजार ९२२ जना मतदाता छन् ।

प्रकाशित मिति: २०८२ माघ ६, मंगलवार २०:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !