नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
बिपीनकुमार यादव बिपीनकुमार यादव २०८२ पुष २४, बिहीबार २१:२३
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

जनकपुरधाम : धनुषाको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतका सीमा सुरक्षाकर्मीले संयुक्त रूपमा सुरक्षा गस्ती गरेका छन्।

सीमामा बढ्दो चोरी–तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुर र भारतीय सशस्त्र सीमा बल (एसएसबी) सिमराडीले सीमास्तम्भ नम्बर २७५/१ देखि एक किलोमिटर क्षेत्रभित्र पर्ने स्तम्भसम्म संयुक्त गस्ती गरेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरले जनाएको छ।

ADVERTISEMENT

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरेश कोइरालाको नेतृत्वमा रहेको नेपाली टोली तथा भारतीय सशस्त्र सीमा बल एसएसबीका नसिव सिंहको नेतृत्वमा रहेको टोली संयुक्त गस्तीमा सहभागी थिए।

गस्तीका क्रममा सीमास्तम्भहरूको अवस्था, सीमा अतिक्रमणका सम्भावित जोखिम तथा सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूको सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको थियो।

यसैबीच, सीमावर्ती बजार क्षेत्रमा दुर्गन्ध बढ्दै गएपछि सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको डिएसपी कोइरालाले बताए। उनले नेपाल–भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन विभिन्न संयुक्त गतिविधि हुँदै आएको उल्लेख गर्दै सीमा क्षेत्रमा हरेक वर्ष सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

प्रकाशित मिति: २०८२ पुष २४, बिहीबार २१:२३
बिपीनकुमार यादव

बिपीनकुमार यादव

लेखक


तपाईको प्रतिक्रिया !