एमाले, कांग्रेस र माओवादी केन्द्रका २११ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश

एमाले, कांग्रेस र माओवादी केन्द्रका २११ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ पुष १०, बिहीबार १०:१६
एमाले, कांग्रेस र माओवादी केन्द्रका २११ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश

सिरहा : नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २११ जना नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।

बुधबार कल्याणपुर नगरपालिका–८ मझौलियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य उदय नारायण यादवको प्रमुख आतिथ्यतामा उनीहरूले डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्धता जनाएका हुन्।

ADVERTISEMENT

कार्यक्रममा नवप्रवेशीलाई प्रमुख अतिथि यादव तथा जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य वीरेन्द्र प्रसाद साहले फूलमाला र अबिर लगाएर स्वागत गर्दै राजनीतिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए।

विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य दीपकुमार यादवको विशेष सहयोगमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थानीय युवा नेता तथा कल्याणपुर नगरपालिका–८ का प्रत्याशी उम्मेदवार धनवीर यादव, नेकपा एमालेका सक्रिय सदस्य जौमुना मण्डल, नेपाली कांग्रेसका नेता बिकु साह र साकिर मोलवीसहित २११ जना नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रममा बोल्दै जनमत पार्टी कल्याणपुर नगरपालिकाका कोषाध्यक्ष तथा युवा नेता कपिलदेव यादवले विकासको नाममा जनतालाई भ्रममा राख्दै कमिसनमुखी र परिवारवादी राजनीति मौलाउँदै गएको आरोप लगाउनुभयो। उहाँले जनताको हितमा काम गर्न सक्ने वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गरे।

पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टी प्रदेश समिति सदस्य हमजा राइन, जिल्ला समन्वय समिति सदस्य राजाराम यादव, भोला साह, रामउदगार यादवलगायतले अन्य दलहरूले जनतामाथि गरेको शोषणको आलोचना गर्दै जनमत पार्टीप्रति आकर्षण बढ्दै गएको बताए।

जनमत पार्टी वडा समिति अध्यक्ष सुरेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य जौमुना मण्डलले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ज्ञान मुकेश यादवले गरेको थियो।

प्रकाशित मिति: २०८२ पुष १०, बिहीबार १०:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !