कांग्रेस–कम्युनिस्टले देश र जनताको शोषण गरेपछि युवाले विद्रोह गरे : अध्यक्ष यादव

कांग्रेस–कम्युनिस्टले देश र जनताको शोषण गरेपछि युवाले विद्रोह गरे : अध्यक्ष यादव
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक २९, शनिबार १८:५८
कांग्रेस–कम्युनिस्टले देश र जनताको शोषण गरेपछि युवाले विद्रोह गरे : अध्यक्ष यादव

भैरहवा : जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिस्टले देश र जनताको शोषण गरेका कारण युवाहरूले विद्रोह गरेको बताएका छन्। उनले उक्त विद्रोहमा केही गलत तत्त्वको भने प्रवेश भएको बताएका हुन्।

आज रुपन्देहीको भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ३५ वर्षसम्म शासन गरेकाहरूको कारण यस्तो अवस्था आएको उल्लेख गरे। उनले जेनजी आन्दोलनका नाममा मुलुकमा भएको जनधनको क्षतिको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताए।

ADVERTISEMENT

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले जनसङ्ख्याको आधारमा महिला, दलित, मधेसी, खस आर्य, जनजाति, मुस्लिम लगायत सबैको न्यायोचित प्रतिनिधित्व हुनुपर्ने बताए। उनले सङ्घीय संरचनालाई सुधार्न प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए।

पार्टी र उम्मेदवारले पैसा खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली नेपालमा आवश्यक रहेको बताउँदै उनले न्यायोचित प्रतिनिधित्व, सन्तुलित विकास, अधिकार, विकासका लागि सङ्गठित भएर अघि बढ्न आग्रह गरे। उनले मुलुकमा निर्वाचनको विकल्प नरहेको पनि प्रस्टाए।

उक्त कार्यक्रममा पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गरी संविधान संशोधनमार्फत देशलाई अग्रगमनतर्फ लैजानुपर्नेमा जोड दिए। दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित मिति: २०८२ कार्तिक २९, शनिबार १८:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !