भारतको तेलंगानामा बस र ट्रक ठोकिँदा १९ जनाको मृत्युु

भारतको तेलंगानामा बस र ट्रक ठोकिँदा १९ जनाको मृत्युु
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १७, सोमबार ११:२१
भारतको तेलंगानामा बस र ट्रक ठोकिँदा १९ जनाको मृत्युु

काठमाडौं : भारतीय राज्य तेलंगानाको रंगारेड्डीमा सोमबार बिहान बस र ट्रक ठोकिँदा १९ जनाको मृत्यु भएको छ।

साइबराबाद कमिस्नरेटका एक प्रहरी अधिकारीले मृत्युको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।

ADVERTISEMENT

सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेटनजिकै दुर्घटना भएको हो।

समाचार एजेन्सी एएनआईका अनुसार, तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस ट्रकसँग ठोकिएको हो।

तेलंगानाको मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्री रेवन्त रेड्डीले सडक दुर्घटनामा शोक व्यक्त गरेको बताएको छ।

तेलंगानाका मुख्यमन्त्री कार्यालयका अनुसार, उनले उद्धार तथा राहत कार्य सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: २०८२ कार्तिक १७, सोमबार ११:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !