धनुषामा बस र अटोरिक्सा ठोक्किँदा एउटै परिवारका तीनसहित चार जनाको मृत्यु

धनुषामा बस र अटोरिक्सा ठोक्किँदा एउटै परिवारका तीनसहित चार जनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १६, आईतवार ११:०२
धनुषामा बस र अटोरिक्सा ठोक्किँदा एउटै परिवारका तीनसहित चार जनाको मृत्यु

जनकपुरधाम : धनुषामा यात्रुबाहक बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एउटै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन्।

विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार दुर्घटना धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक पूर्व–पश्चिम राजमार्गमा भएको हो।

दुर्घटनामा गणेशमान चारनाथ–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक अन्दाजी ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, गम्भीर घाइते १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १६, आईतवार ११:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !