सप्तरीमा गोली प्रहारबाट पुजारीको ह ‘त्या

सप्तरीमा गोली प्रहारबाट पुजारीको ह ‘त्या
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक २, आईतवार ०९:५७
सप्तरीमा गोली प्रहारबाट पुजारीको ह ‘त्या

सप्तरी : सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनस्थित कबिर बाबा मन्दिरका पुजारीको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहलाई आज बिहान करिब २ बजे अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका हुन्। परिवारका सदस्य रामसुन्दर साहका अनुसार पुजारी साह मन्दिर परिसरमै बनाएको कुटीमा एक्लै बस्दै आएका थिए।

ADVERTISEMENT

अपराधी समूहले उनलाई कुटीबाट निकालेर सडकमा पिठ्युँतर्फ गोली प्रहार गरेको बताइएको छ। घटना भएपछि स्थानीयले तत्काल काचनलीस्थित प्रहरी चौकीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनबाट प्रहरी टोली पुगेर घटनास्थलमा अनुसन्धान थालेको छ। प्रहरीले घटनास्थलबाट दुईवटा गोलीका खोका बरामद गरेको जनाएको छ।

पुजारी साहको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले भने।

उनका अनुसार सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिमाथि चेकजाँच कडा पारिएको छ।

 

प्रकाशित मिति: २०८२ कार्तिक २, आईतवार ०९:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !