उद्योगीमाथि कुटपिटबारे छानबिन गर्न मुख्यमन्त्री सोनलको प्रहरीलाई निर्देशन

उद्योगीमाथि कुटपिटबारे छानबिन गर्न मुख्यमन्त्री सोनलको प्रहरीलाई निर्देशन
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १, शनिबार १६:३३
उद्योगीमाथि कुटपिटबारे छानबिन गर्न मुख्यमन्त्री सोनलको प्रहरीलाई निर्देशन

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिट प्रकरणको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री सोनलले शनिबार अस्पताल पुगेर घाइते भण्डारीको भेट गरेका थिए। सो क्रममा उनले मधेश प्रदेश प्रहरी प्रमुखलाई फोनमार्फत तत्काल निष्पक्ष छानबिन गरी घटनामा संलग्न प्रहरीमाथि आवश्यक कानूनी कारबाही गर्न निर्देशन दिएका हुन्।

ADVERTISEMENT

शुक्रबार राति जनकपुरधामको सोनारपट्टी क्षेत्रमा प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीबीच झडप भएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले एक सुनचाँदी पसलमा छापा मार्न खोज्दा विवाद उत्पन्न भएको बताइएको छ।

त्यस क्रममा प्रहरी र व्यवसायीबीच धकेलाधकेल हुँदा उद्योग वाणिज्य सङ्घका अध्यक्ष भण्डारी घाइते भएका थिए।

व्यापारीहरूले दीपावलीको बेला राति राति छापा मार्ने प्रहरीको कार्यप्रति आपत्ति जनाउँदै विरोध गरेका थिए। घटनापछि व्यवसायीहरूले प्रहरी प्रशासनको कार्यशैलीप्रति असन्तोष व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रकाशित मिति: २०८२ कार्तिक १, शनिबार १६:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !