प्रदेशमा शान्ति सुरक्षा सुदृढ र जनसेवा छरितो बनाउन मुख्यमन्त्री सोनलको निर्देशन

प्रदेशमा शान्ति सुरक्षा सुदृढ र जनसेवा छरितो बनाउन मुख्यमन्त्री सोनलको निर्देशन
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ३१, शुक्रबार १८:०६
प्रदेशमा शान्ति सुरक्षा सुदृढ र जनसेवा छरितो बनाउन मुख्यमन्त्री सोनलको निर्देशन

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशमा शान्ति सुरक्षा सुदृढ पार्दै जनसेवा प्रवाहलाई प्रभावकारी बनाउन सुरक्षा तथा प्रशासनिक निकायलाई निर्देशन दिएका छन्।

आज सम्पन्न उच्चस्तरीय बैठकमा मुख्यमन्त्री सोनलले प्रदेशका सुरक्षा निकायका प्रमुखहरू, प्रमुख सचिव र मन्त्रालयका सचिवहरूलाई सम्बोधन गर्दै आम नागरिकले सुधारको अनुभूति पाउने गरी काम गर्न आग्रह गरे।

ADVERTISEMENT

उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरूबीच सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउँदै “आम नागरिकमा सुरक्षाको भरोसा जगाउने” काम गर्न निर्देशन दिए।

त्यस्तै, सेवा प्रवाहमा देखिएको ढिलासुस्ती अन्त्य गर्न प्रमुख सचिव तथा मन्त्रालयका सचिवहरूलाई सचेत गराउँदै मुख्यमन्त्री सोनलले सेवाप्रदायक निकायहरूले छिटो, छरितो र पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिए।

उक्त बैठकमा मन्त्री महेश यादव र मन्त्री कनिश पटेलको पनि उपस्थिति थियो।

 

प्रकाशित मिति: २०८२ आश्विन ३१, शुक्रबार १८:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !