निर्वाचन आयोगमा जनस्वराज पार्टी दर्ता

निर्वाचन आयोगमा जनस्वराज पार्टी दर्ता
मधेशपत्र मधेशपत्र २०८२ आश्विन २८, मंगलवार ०९:०१
निर्वाचन आयोगमा जनस्वराज पार्टी दर्ता

काठमाडौँ : डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट फुटेकाे जनस्वराज पार्टी निर्वाचन आयाेगमा दर्ता भएको छ ।

निर्वाचन आयोगमा २३ सदस्यीय कार्यसमितिसहित ई.दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ता भएको उपाध्यक्ष ई.सुरेन्द्रनारायण यादवले बताए ।

ADVERTISEMENT

पार्टी विभाजन गर्नका लागि २० प्रतिशत केन्द्रीय सदस्य चाहिन्छ । जनमत पार्टीका २७ प्रतिशत केन्द्रीय सदस्यले नयाँ पार्टीका लागि सोमबार निर्वाचन आयोगमा सनाखत गरेपछि पार्टी दर्ता भएको उपाध्यक्ष यादवले बताए ।

उनले भने,’साेमबार पार्टी दर्ता भइसकेको छ, ढिलो भएको कारणले प्रमाणपत्र दिएन प्रमाणपत्रका आयोगले आज १० बजे बोलाएको छ ।’

दीपक साहको अध्यक्षता २३ सदस्य कार्यसमिति गठन भएको छ । त्यसमा सुरज सिंह र सुरेन्द्रनारायण यादव उपाध्यक्ष रहेका छन् । अरू बाँकी सबै जना सदस्य रहेको उपाध्यक्ष यादवले बताए ।

पार्टीमा आन्तरिक विवाद भएपछि यो बिचमा जनमत पार्टीका अध्यक्ष थुप्रै जनालाई पार्टीबाट कारबाही गरेर निकालेका छन्।

उपाध्यक्ष दीपक साह, अब्दुल खान, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव,प्रवक्ता शरतसिंह यादव, सचिव बिपी साहलगायत थुप्रैलाई कारबाही गरेका छन् ।

प्रकाशित मिति: २०८२ आश्विन २८, मंगलवार ०९:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !