एमालेसँग सत्ता सहकार्य काँग्रेसका लागि घातक: सांसद राम सरोज यादव

एमालेसँग सत्ता सहकार्य काँग्रेसका लागि घातक: सांसद राम सरोज यादव
मधेशपत्र मधेशपत्र २०८२ आश्विन २३, बिहीबार १०:०४
एमालेसँग सत्ता सहकार्य काँग्रेसका लागि घातक: सांसद राम सरोज यादव

जनकपुरधाम : नेपाली काँग्रेसका प्रभावशाली नेता तथा मधेश प्रदेशसभा सदस्य राम सरोज यादवले एमालेसँगको सत्ता सहकार्य काँग्रेसका लागि घातक हुने बताएका छन्।

मधेश प्रदेशमा एमाले र जनमत पार्टीको समर्थनमा काँग्रेसले नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेको केही घण्टामै यादवले यस्तो प्रतिक्रिया दिएका हुन्।

ADVERTISEMENT

उनका अनुसार, केन्द्रमा एमालेसँग गरिएको सहकार्यकै कारण काँग्रेसले ठूलो राजनीतिक क्षति व्यहोर्नु परेको छ, र प्रदेशमा समेत त्यसको दोहोरिनु पार्टीका लागि थप घातक हुनेछ।

“एमालेसँग सरकार गठन गर्नु हुँदैन, त्यस पक्षमा हामी सुरुदेखि नै छौं,” यादवले भने, “संसदीय दलको आगामी बैठकमा यस विषयमा आफ्नो धारणा स्पष्ट रूपमा राख्नेछु।”

यादवले काँग्रेस संसदीय दलले सरकार गठनको नेतृत्व गर्ने निर्णय गरे पनि एमालेसँग सहकार्य गर्ने विषयमा भने निर्णय नभएको बताए।

यसअघि, काँग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पनि एमालेसँगको सहकार्य अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

 

प्रकाशित मिति: २०८२ आश्विन २३, बिहीबार १०:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !