नगर प्रमुख यादवद्वारा डुबान क्षेत्रको अनुगमन,स्थानीयहरूसँग निकासका उपायमा छलफल

नगर प्रमुख यादवद्वारा डुबान क्षेत्रको अनुगमन,स्थानीयहरूसँग निकासका उपायमा छलफल
मधेशपत्र मधेशपत्र २०८२ आश्विन २०, सोमबार १४:३६
नगर प्रमुख यादवद्वारा डुबान क्षेत्रको अनुगमन,स्थानीयहरूसँग निकासका उपायमा छलफल

चन्दन कुमार,रौतहट : रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले लगातार वर्षाले सिर्जना गरेको डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै स्थानीयहरूसँग समस्या समाधानका उपायबारे छलफल गरेका छन्।

गत असोज १८ गतेदेखि अविरल वर्षा जारी रहँदा तराई–मधेसका अधिकांश भागसँगै बौधिमाई नगरपालिका पनि डुबानमा परेको छ। वडा नं. १ र २ स्थित अजगैवी र इनर्वा गाउँबीचको लाल बकैया नदीको बाँध भत्किएपछि विभिन्न वडाहरूमा पानी पसेर जनजीवन प्रभावित बनेको छ।

ADVERTISEMENT

नगर प्रमुख यादवले वडा नं. ६ को पिपरीया भंगहा टोल र वडा नं. १ को अजगैवीलगायत क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय बासिन्दा तथा अगुवाहरूसँग छलफल गरेका हुन्। उनले भंगहा टोलमा पानी निकासमा देखिएका समस्या तत्काल समाधानका लागि स्थानीयहरूलाई समन्वयमा जुट्न आग्रह गरे।

अनुगमनका क्रममा प्रमुख यादवले नगरपालिका उद्धार तथा राहत कार्यमा सक्रिय रहेको बताउँदै डुबान प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए।

बाढीका कारण घर, खेतीबाली र सडकहरू डुबानमा परेपछि जनजीवन सामान्य अवस्थामा फर्किन नसकेको स्थानीयहरूले बताएका छन्। नगरपालिकाले निकासका लागि अस्थायी नाली निर्माण र नदी किनार सुदृढीकरणको काम शीघ्र सुरु गर्ने तयारी गरेको जनाएको छ।

 

प्रकाशित मिति: २०८२ आश्विन २०, सोमबार १४:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !