मधेश डुबानमा छटपटिँदा उपेन्द्र यादव पार्टी प्रवेशमा रमाउँदै

मधेश डुबानमा छटपटिँदा उपेन्द्र यादव पार्टी प्रवेशमा रमाउँदै
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १९, आईतवार १९:५२
मधेश डुबानमा छटपटिँदा उपेन्द्र यादव पार्टी प्रवेशमा रमाउँदै

राजविराज : लगातारको मुसलधारे वर्षाले सप्तरीसहित मधेशका अधिकांश जिल्ला डुबानमा परेका छन्। शनिवारदेखि जारी वर्षाका कारण आइतबार बिहानबाट स्थिति झनै संकटपूर्ण बनेको छ। कोसी ब्यारेजमा पानीको वहाव तीव्र हुँदा जिल्लाका प्रायः बस्तीहरू बाढीको पानीमा डुबेका छन्। धेरै स्थानीय बासस्थान छाडेर सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्।

तर यस्तो विपद्को घडीमा जनता बाढीपहिरोको जोखिममा रहँदा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भने पार्टी विस्तारको अभियानमा व्यस्त देखिएका छन्। आइतबार दिनभर सप्तरीको खडग नगरपालिका–८ भदैयास्थित कवर्डहलमा आयोजित शुभकामना आदानप्रदान तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा यादव सहभागी भए।

ADVERTISEMENT

अविरल वर्षा र डुबानबीच पनि यादवले अबीर, माला र गम्छा लगाउँदै अन्य दलका नेता–कार्यकर्तालाई पार्टीमा भित्र्याउने कार्यलाई निरन्तरता दिए। कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह, जिल्ला अध्यक्ष केदार यादव, बोदेबरसाइन नगरप्रमुख आतेशकुमार सिंहसहित केन्द्रदेखि स्थानीय तहका नेता उपस्थित थिए।

जनता बाढी र कटानका कारण विस्थापित भइरहेका बेला साँझसम्म कार्यक्रममा रहे यादवले उद्धार र राहतका विषयमा उल्लेख नगरी कांग्रेस र कम्युनिस्ट दलप्रति आक्रामक टिप्पणी गर्दै राजनीतिक भाषणमा समय बिताए।

प्रकाशित मिति: २०८२ आश्विन १९, आईतवार १९:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !