कपिलवस्तुमा बस दुर्घटना : ३६ जना घाइते, २ को अवस्था गम्भीर

कपिलवस्तुमा बस दुर्घटना : ३६ जना घाइते, २ को अवस्था गम्भीर
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १८, शनिबार १२:३३
कपिलवस्तुमा बस दुर्घटना : ३६ जना घाइते, २ को अवस्था गम्भीर

कपिलवस्तु : धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।

ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५:३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।

ADVERTISEMENT

दुर्घटनामा परेका १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पताल पठाइएको छ भने अन्य २० जनाको उपचार चन्द्रौटा स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २०८२ आश्विन १८, शनिबार १२:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !