जनकपुरधामको राजदेवी मन्दिरमा एकै रातमा झण्डै १५ हजार बोकाबलि

जनकपुरधामको राजदेवी मन्दिरमा एकै रातमा झण्डै १५ हजार बोकाबलि
राधेश्याम राउत राधेश्याम राउत २०८२ आश्विन १५, बुधबार ०८:५४
जनकपुरधामको राजदेवी मन्दिरमा एकै रातमा झण्डै १५ हजार बोकाबलि

जनकपुरधाम : जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष महाअष्टमीको अवसरमा झण्डै १५ हजार बोकाको बलि दिइएको छ।

मन्दिर व्यवस्थापनका अनुसार मंगलबार साँझ करिब ८ बजे सुरु भएको बलिप्रक्रिया बुधबार बिहान ४ बजेसम्म जारी रह्यो। यस क्रममा १४ हजार ९ सय ३ वटा बोकाको बलि दिइएको बताइएको छ।

ADVERTISEMENT

महाअष्टमीका दिन राजदेवी मन्दिरमा हरेक वर्ष हजारौंको संख्यामा श्रद्धालुहरूले बोकाबली दिने परम्परा रहँदै आएको छ। यस वर्ष पनि बलिप्रक्रियामा सहभागी हुन धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायत मधेश प्रदेशका विभिन्न जिल्लासँगै भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजन पुगेका थिए।

बोकाबलीका लागि भक्तजनहरू बिहानैदेखि लामो लाइनमा उभिएको मन्दिर स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन १५, बुधबार ०८:५४
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !