जेनजी प्रदर्शनमा महाराजगञ्जका प्रहरी हत्या आरोपमा अर्का व्यक्ति पनि समातिए

जेनजी प्रदर्शनमा महाराजगञ्जका प्रहरी हत्या आरोपमा अर्का व्यक्ति पनि समातिए
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ८, बुधबार १५:०४
जेनजी प्रदर्शनमा महाराजगञ्जका प्रहरी हत्या आरोपमा अर्का व्यक्ति पनि समातिए

काठमाडौं : जेनजी आन्दोलनको क्रममा प्रहरीको हत्या गरेको आरोपमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल छन् ।

पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो ।

ADVERTISEMENT

योसँगै महाराजगञ्जका प्रहरी हत्या आरोपमा पक्राउ पर्नेको संख्या दुई पुगेको छ । यसअघि काभ्रे घर भएका युवराज क्याप्छाकी पनि पक्राउ परेका थिए ।

उनाीहरूले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।

सोही भिडियोको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ ।

जेनजीको २४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।

रायको सिन्धुलीको हो भने थापाको घर दार्चुला हो । जवान थापालाई त डीएसपी भन्दै कुटपिट गरी हत्या गरिएको थियो । ‘गोली हान्न दिने तै डीएसपी हैनस्’ भन्दै पौडेलले लट्ठीले हानेर हत्या गरेको भिडिओमा समेत देखिन्छ ।

त्यस्तै सोही आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वर कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या गरिएको थियो ।

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार १५:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !