गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी

गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ७, मंगलवार १३:०४
गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी

काठमाडौं : सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ ।

जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।

ADVERTISEMENT

दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ ।

यसअघि भिजिट भिसा प्रकरणमा नाम मुछिएको भएपनि उन्मुक्ति पाइरहेका दुवाडी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयकै जिम्मेवारी थिए ।

जेन–जी आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो । स्रोतका अनुसार, उनलाई योजना आयोगको सचिवालमा जिम्मोवरी तोकिएको छ ।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १३:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !