मलाई बधाई दिन फोन नगर्नुहोला, कवाडी वैज्ञानिकमन्त्री भन्नुहोला : महावीर पुन

मलाई बधाई दिन फोन नगर्नुहोला, कवाडी वैज्ञानिकमन्त्री भन्नुहोला : महावीर पुन
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ६, सोमबार ०९:२८
मलाई बधाई दिन फोन नगर्नुहोला, कवाडी वैज्ञानिकमन्त्री भन्नुहोला : महावीर पुन

काठमाडौं :शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बधाईका लागि फोन नगर्न अनुरोध गरेका छन् ।

मन्त्रीको सपथ लिनुअघि पुनले आफूलाई बधाईका लागि फोन नगर्न र खादा–माला नल्याउन अनुरोध गरेका हुन् । उनले बधाईको साटो शिक्षा क्षेत्र सुधारका लागि केही योजना भए ह्वाट्सएपमा पठाउन भनेका छन् ।

ADVERTISEMENT

साथै, उनले आफूलाई मन्त्री पनि नभन्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मलाई कसैले पनि मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री नै भन्न सारै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

लामो समयदेखि वैज्ञानिक खोज, अध्ययन र अनुसन्धानमा सक्रिय पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको लागि सिफारिस भएका छन् । उनीसहित अन्य मन्त्रीहरूको आज सपथ ग्रहण कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०८२ आश्विन ६, सोमबार ०९:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !