जनकपुरधामका शक्तिपीठहरूमा विजया दशमीका लागि तयारी अन्तिम चरणमा

जनकपुरधामका शक्तिपीठहरूमा विजया दशमीका लागि तयारी अन्तिम चरणमा
राधेश्याम राउत राधेश्याम राउत २०८२ आश्विन ५, आईतवार २०:१७
जनकपुरधामका शक्तिपीठहरूमा विजया दशमीका लागि तयारी अन्तिम चरणमा

जनकपुरधाम : विजया दशमी पर्वलाई लक्षित गरी जनकपुरधामका विभिन्न शक्तिपीठहरूमा पूजाआजा र सजावटको तयारी अन्तिम चरणमा पुगेको छ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेका शक्तिपीठहरू यसपटक पनि भव्य रूपमा सजाइएका छन्। दशैंलाई थप आकर्षक बनाउन स्थानीय युवा क्लबहरू सक्रिय भएर लागेका छन्।

ADVERTISEMENT

प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरूपा दुर्गाको मूर्ति स्थापना गरी पूजाआर्चना गर्ने तयारी पूरा भएको छ।

राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य पूजास्थलहरूमा आकर्षक पण्डाल निर्माण र रंगीचंगी बल्ब जडान गरिएको छ। “सजावट कार्य अन्तिम चरणमा पुगेको छ। पूजाका लागि आवश्यक तयारी पनि पूरा भएको छ,” महावीर युवा कमिटीका पूर्वअध्यक्ष दीपक साहले बताए।

त्यस्तै, राम युवा कमिटीले बौधीमाई मन्दिर र अमरखाना मन्दिरमा पनि सजावटको काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार २०:१७
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !