जनकनन्दिनी–४ खजुरीस्थित रेलवे स्टेशनमा नागरिक सहायता कक्ष स्थापना

जनकनन्दिनी–४ खजुरीस्थित रेलवे स्टेशनमा नागरिक सहायता कक्ष स्थापना
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ आश्विन ५, आईतवार ११:५२
जनकनन्दिनी–४ खजुरीस्थित रेलवे स्टेशनमा नागरिक सहायता कक्ष स्थापना

जनकपुरधाम : बडा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका–४, खजुरीस्थित रेलवे स्टेशनमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।

ईलाका प्रहरी कार्यालय खजुरीले आज आइतबार बिहान ८ बजेदेखि औपचारिक रूपमा सहायता कक्ष सञ्चालनमा ल्याएको जानकारी दिएको छ। पर्वका समयमा यात्रुहरुको भीड बढ्ने भएकाले सुरक्षित, सहज र मर्यादित यात्रा सुनिश्चित गर्न सहायता कक्ष सञ्चालन गरिएको प्रहरीको भनाइ छ।

ADVERTISEMENT

सहायता कक्षमार्फत यात्रुहरुलाई आवश्यक जानकारी, सहयोग, हराएका सामान फिर्ता गरिदिने व्यवस्था, भीड व्यवस्थापन लगायतका सेवा उपलब्ध हुने जनाइएको छ।

पर्व अवधिभर प्रहरी टोलीलाई खटाइने, स्टेशन वरपर निगरानी कडा पारिने र सर्वसाधारणलाई कुनै समस्या आए तत्कालै सहायता कक्षमार्फत समाधान गर्ने व्यवस्था मिलाइएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार ११:५२
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !