जेनजी आन्दोलनमा विदेशी शक्तिको संलग्नता रहेको नेता महासेठको आरोप

जेनजी आन्दोलनमा विदेशी शक्तिको संलग्नता रहेको नेता महासेठको आरोप
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ३, शुक्रबार १८:५५
जेनजी आन्दोलनमा विदेशी शक्तिको संलग्नता रहेको नेता महासेठको आरोप

जनकपुरधाम : नेकपा एमालेका सचिव रघुवीर महासेठले हालै सम्पन्न जेनजी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरी हिंसा भड्काएको आरोप लगाएका छन् ।

संविधान दिवसको अवसरमा नेकपा एमाले धनुषा कार्यसमितिले जनकपुरधाममा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै रघुवीर महासेठले आगजनी, तोडफोड र लुटपाटमा जेनजी युवाहरूको प्रत्यक्ष संलग्नता नभएको दाबी गरे ।

ADVERTISEMENT

उनले जेनजी युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने जस्ता जायज मागहरू अघि सारेका थिए, तर उनीहरूको उद्देश्य सत्ता परिवर्तन वा निजी सम्पत्तिमा तोडफोड गर्नु थिएन ।

नेता महासेठले आन्दोलन चर्काउन सार्प शुटरसम्म प्रयोग गरी युवाको हत्या गरिएको आरोपसमेत लगाए ।

उनले अन्तरिम सरकारलाई षड्यन्त्रकारी शक्ति पहिचान गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरे । साथै, एमाले र कांग्रेस नेताको घरमा व्यक्तिगत रिसिइवीका कारण आगजनी गरिएको आरोप लगाउँदै महासेठले आन्दोलनप्रति सहानुभूति जनाए तर वास्तविक दोषीलाई छानबिनमार्फत पहिचान गर्नुपर्ने आवश्यकता औंल्याए ।

 

प्रकाशित मिति: २०८२ आश्विन ३, शुक्रबार १८:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !